उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ। रुसको भोस्टोचनी कस्मोड्रोममा भएको भेटवार्ताको केही समयपछि प्योङयाङले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको गरेको छ।
रुसको सरकारी समाचार एजेन्सी आरआइए भनेको छ,‘पुटिनको आगमनको खबर पाएको केही मिनेटपछि नै किम बुधबार बिहान रुसको पूर्वी अमुर क्षेत्रको कस्मोड्रोममा आइपुगेको थिए।’क्रेमलिनले उपलब्ध गराएको भिडियोअनुसार उनीहरूले भेटेर हात मिलाएका थिए।’
रुसको सरकारी मिडियाले भनेको छ,‘युटिनले किमलाई भने यहाँलाई देख्न पाउँदा धेरै खुसी लागेको छ, त्यसैगरी किमले व्यस्तताका बुबजुद पनि रुस भ्रमणको निमन्त्रणा गरेको भन्दै पुटिनलाई धन्यवाद दिए।’
उत्तर कोरियाली नेताको साथमा सैन्य र हतियार उद्योगका शीर्ष अधिकारीहरू छन्। किम–पुटिन वार्ताले सम्भावित हतियार बिक्रीलाई मूर्तता दिने अपेक्षा गरिएको छ।
आरआइएको रिपोर्टअनुसार केही समय अघि दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट दुई छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको बताएका छन्। लन्च गरिएका हतियारको प्रकार वा दायराको बारेमा तत्काल कुनै विवरण आएको छैन।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले तथ्यांकको विश्लेषण गरिरहेको बताएका छन् भने जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले कूटनीतिक माध्यमबाट उत्तर कोरियाको विरोध गरेको जनाएका छन्। उनका अनुसार दुईवटा क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र (इइजेड) बाहिर समुद्रमा खसेको छ।





























प्रतिक्रिया