भारतमा भोलिबाट लकडाउन थप खुकुलो

भारतमा भोलिबाट लकडाउन थप खुकुलो

केन्द्रबिन्दु
0
Shares

भारतमा यही जुलाई १ (भोलि) देखि लकडाउन थप खुकुलो हुने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्ने क्रममा उक्त जानकारी दिएका हुन् । उनले  भारतमा ‘अनलक २’ सुरु हुने बताउदै बिस्तारै भारतको जनजीवन सामान्यतर्फ अघि बढ्ने बताए ।

यसअघि नै भारत सरकारले कोरोनाबाट अतिप्रभावित क्षेत्र र कम प्रभावित क्षेत्रको प्राथमिकताका आधारमा रेड जोन, ग्रिन जोन र ओरेन्ज जोन गरी वर्गीकरण गरेको थियो ।

उनले ८० करोड भन्दा धेरै जनतालाई नोभेम्बरसम्म निशुल्क खाद्यान्न उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।

Logo