चीनले सिमाना नजिक मार्शल आर्ट कलाकार र पर्वतारोही विशेषज्ञहरु पठायो

चीनले सिमाना नजिक मार्शल आर्ट कलाकार र पर्वतारोही विशेषज्ञहरु पठायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनले १५ जुनको गाल्भान हिंस्रक घटनापछि आफ्ना सेनाहरु भेला गराएको छ । चीनले सिमाना नजिक मार्शल आर्ट कलाकार र पर्वतारोही विशेषज्ञहरु पठाएको छ । जसमा तिब्बतको मार्शल आर्ट क्लबका लडाकूहरु रहेका छन् । चिनियाँ सरकारी मिडियाले आफ्नो रिपोर्टमा यसले चिनियाँ सैनिकहरुलाई तन्दुरुस्त र फुर्तिलो राख्नका लागि कदम चालेको उल्लेख गरेको छ ।

चीनको आधिकारिक सैन्य अखबार ‘चाइना नेशनल डिफेन्स न्यूज’ को रिपोर्ट अनुसार चीनले तिब्बतको राजधानी ल्हासामा पाँचवटा मिलिशिया डिभिजनहरु खटाएको छ । यसमा माउन्ट एभरेष्ट टर्च रिले टीमका पूर्वसदस्यहरु र मार्शल आर्ट क्लबका लडाकुहरु समेत सामेल छन् । माउण्ट एभरेष्ट टर्च रिले टोलीका सदस्यहरु हिमालहरुमा काम गर्न चुस्त हुन्छन् र मार्शल आर्ट कलाकारहरु खतरनाक लडाकू हुन्छन् । त्यसैले यस्तो खालको प्रशिक्षणले सेनाहरु चुस्त, फुर्तिला बनाउनका लागि खटाइएको हो ।

मिलिशिया डिभिजन आधिकारिक सेना होइन तर यसले सेनालाई सहयोग पु¥याउन मद्दत गर्दछ । तिब्बती राजधानी ल्हासामा सयौं नयाँ सिपाहीहरु छन् । तिब्बत कमाण्डर वाङ् हाईजियाङ्ले लडाई समुहमा थपिएका सेनाको संख्याले तुरुन्तै प्रतिक्रिया दिन सक्ने क्षमता बढाउने कुरामा विश्वास राखेका छन् ।

तिब्बतमा चिनियाँ सेनाको ठुलो सैन्य अभ्यास मिडियामा आक्रमक तरीकाले देखाएको छ । तर चीन र भारतबीच सन् १९९६ र २००५ को सम्झौतामा कुनै प्रकारका हतियार प्रयोग गर्न नमिल्ने व्यवस्था छ । त्यसैले चीनले आफ्ना सैनिकहरुलाई मार्शल आर्ट कलाकारहरुको साथ प्रशिक्षण दिएका छन् ।

चिनियाँ लडाकू जेट र हेलिकप्टरहरु एलएसीको नियन्त्रणको रेखामा छन् । चीनमा यी गतिविधिहरु एलएसीको १० किलोमिटर क्षेत्रमा जारी छन् । यस्तो अवस्थामा भारतले पीपुल्स लिबरेशन आर्मी (पीएलए) लाई आफ्नै भाषामा जवाफ दिन तयार छ । सैन्य स्रोतका अनुसार सेनाले पूर्वी लद्दाखमा चीनको लडाकू विमान र हेलिकप्टरको एलएसीमा नजर राख्न एडभान्स एयर डिफेन्स मिसाइल प्रणाली खटाइएको छ । यसले भारतीय सेनालाई सजिलैसँग चीनको एन्टिक्स निगरानी गर्न अनुमति दिन्छ । यस्तो अवस्थामा यदि चिनियाँ विमानले एलएसी पार गर्यो भने त्यसले तुरुन्तै वायु रक्षा मिसाइल प्रणालीलाई मार्नेछ ।

Logo