प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बीचको जारी युद्धका कारण लाखौं मानिस घरबारविहिन भएका छन्।
गत शनिबार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरेपछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबारविहिन भएका हुन्।
इजरायलले गाजा सहरका विभिन्न भागमा आक्रमण जारी राखेको छ। इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन।यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ।
हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्,'हामी हाम्रो भूमी रक्षाका पक्षहरूमा छौँ, हामी पुनः इजरायल माथीको हमलालाई दोहोर्याउँछौँ।'
‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ अब शत्रुहरुले हाम्रो आक्रमणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ।





























प्रतिक्रिया