क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जनाकाे अपहरण

क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जनाकाे अपहरण


सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ । 

स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको टुबोरो इलाकामा करिब २० व्यक्तिलाई आक्रमण गरी अपहरण गरेको जनाकारीमा आएको छ । त्यसको  ४८ घण्टापछि सोही इलाकाबाट ३० जनालाई अपहरण गरेको सुरक्षा स्रोतले बताएको छ । 

मङ्गलबार राति यस क्षेत्रका सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारी अनुसार बन्धकहरूको खोजी भइरहेको छ। सन् २०२१  देखि क्यामरूनको उत्तरी क्षेत्र हतियारधारी डाकुहरूको निरन्तर हिंसात्मक अपहरण र आक्रमणको केन्द्रमा रहेको छ। -सिन्ह्वा

Logo