इजरायलकाे चेकपाेष्टमा गोली चल्दा तीन जनाको मृत्यु

इजरायलकाे चेकपाेष्टमा गोली चल्दा तीन जनाको मृत्यु


जेरुसेलम नजिकै गोली चल्दा तीन आक्रमणकारी मारिएका छन्। इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा गोली चलाउँदा सुरक्षा बलले तीनजना मारेका हुन्। 

इजरायली प्रहरीका अनुसार आक्रमणकारीहरू संदिग्ध गाडीमा आएका थिए र उनीहरुले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए। 

जवाफमा इजरायली सेनाले उनीहरुमाथी कारबाही गरेको हो। जुन कारबाहीमा परी ३ जना मारिएका छन्। प्रहरीका अनुसार सो क्रममा सातजना घाइतेसमेत भएका छन्।

Logo