सुरुङमा फसेका ४१ कामदारको सकुशल उद्धार

सुरुङमा फसेका ४१ कामदारको सकुशल उद्धार

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षित रुपमा बाहिर निकिलिएको छ। उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो। 

१७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो। सुरुङबाट निस्किएका सबै कामदारहरुलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए। 

त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरुसँग कुराकानी गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ। स्वास्थ्यकर्मीको टोलीले श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको छ। सुरुङबाहिर पर्खिरहेका मजदुरका परिवारले सबै बाहिर निस्किएपछि त्यहाँ उपस्थित सैनिक र जनतालाई मिठाई बाँडिएको थियो। १७ दिनसम्म चलेको उद्दार अभियानमा ड्रिल मेसिन धेरै पटक बिग्रिएका कारण उनीहरुको उद्दारमा ढिलाई भएको थियो। 

Logo