गाजामा बन्धक बनाइएका तीन कैदीको गल्तीबस मृत्यु, इजरायलद्वारा दुःख व्यक्त

गाजामा बन्धक बनाइएका तीन कैदीको गल्तीबस मृत्यु, इजरायलद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिवमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त गरेको छ ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए ।

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, “शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आईडीएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए । आईडीएफ यस दुखद् घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा साझेदारी गर्दछ ।”

उनीहरूको शव इज्रायलमा सारिएको थियो अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद्’ घटना भनेका छन् । “सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,” उनले भने । ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ । -एएफपी

Skip This
Skip This
Logo