वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा जनाइए अनुसार नुर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट चोटपटक लागेर मृत्यु भएको छ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दश घण्टा लामो सैन्य अभियान शुरु गरेको थियो। सो अभियानमा प्यालेस्टिनी लडाकुहरू बीच झडप भएको थियो। यसै बीच इजरायली गाडीहरूलाई लक्षित गर्दै घरेलु बम विस्फोट गराइएको छ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै तुल्कारम नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य कारबाहीका क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाको आक्रमणबाट वेस्ट बैंकमा कम्तिमा २९६ प्यालेस्टिनी मारिएका छन्।

Skip This
Skip This
Logo