हमास- इजरायल बिचको जारी युद्धमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन।
अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले टेलिग्राममा एउटा पोस्टमा भनेको छ। सो द्वन्द्वको मारिने पछिल्ला पत्रकारमा अल जजिराका क्यामेराम्यान समेर अबुदा रहेका छन्।
साथै, गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा २० हजार ४ सय २४ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ। जुन युद्धमा परी हालसम्म ५४ हजार ३६ व्यक्ति घाइते भएका छन्। उक्त संख्यामा पछिल्लो २४ घण्टामा १६६ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ।





























प्रतिक्रिया