पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ। त्यहाँको सिनेटले शुक्रबार आमनिर्वाचन पर सार्ने  प्रस्ताव पारित गरेको हो।

योसँगै यसै वर्षको फेब्रुअरी ८ तारिखमा तय भएको चुनाव संसयमा परेको हो। सिनेटले प्रस्तावलाई अनुमोदन गर्दा चिसो मौसम र सुरक्षा चिन्ताहरू उल्लेख गरिएको छ।

यो प्रस्ताव सिनेटर दिलावर थानले प्रस्तुत गरेका थिए। जसलाई पाकिस्तानको संसदको माथिल्लो सदनमा ठूलो समर्थन प्राप्त भएको छ। उनले सदनमा यो प्रस्ताव पेश गर्दा १४ सांसद मात्रै उपस्थित थिए। तर, सूचना मन्त्री मुर्तजा सोलाङ्गी र तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले यस कदमको विरोध गरेका छन्।

आफ्नो प्रस्तावमा दिलावर खानले यतिबेला देशका अधिकांश क्षेत्रमा अत्याधिक चिसो बढ्दै गएकाले ती क्षेत्रमा निर्वाचन गर्न नसकिने दाबी गरेका छन्। यसका साथै उनले सुरक्षा सम्बन्धी चिन्तालाई पनि जोड दिए। उनले शान्ति सुरक्षाको अवस्था राम्रो नभएको बताए। 

राजनीतिज्ञलाई निशाना बनाइएको र बलुचिस्तान र खैबर पख्तुनख्वा (प्रान्त) मा पनि सुरक्षा बलमाथि आक्रमण भइरहेको उल्लेख गरे। गुप्तचर निकायले चुनावी प्रचारका क्रममा खतराको चेतावनी समेत दिएको उनले बताए। 

यस्तो अवस्थामा निर्वाचन हुन नसक्ने भएकाले निर्वाचन आयोगले निर्वाचन स्थगन गर्ने प्रक्रिया अघि बढाउनुपर्छ। सिनेटको यो कदमले देशमा राजनीतिक र आर्थिक अस्थिरता बढाउने अपेक्षा गरिएको छ। 

यस कदमको प्रभाव पाकिस्तान स्टक एक्सचेन्जमा पनि देखिएको छ। सिनेटको यो निर्णयको जानकारी सार्वजनिक हुने बित्तिकै पाकिस्तानको शेयर बजारमा ८०० अंकभन्दा बढीको गिरावट देखिएको थियो।

Skip This
Skip This
Logo