बस र ट्रक आपसमा ठोक्किदा एघारको मृत्यु

बस र ट्रक आपसमा ठोक्किदा एघारको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मुम्बई ।

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनास्थल बैंगलुरुबाट ४३० किलोमीटर पर पर्दछ । प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँच जना महिलाको अवस्था चिन्ताजनक छ । रासस

Logo