कोभिड-१९ : भारतमा ४२ हजार ६७० सङ्क्रमित, एक हजार ३९५ को मृत्यु

कोभिड-१९ : भारतमा ४२ हजार ६७० सङ्क्रमित, एक हजार ३९५ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार ७८२ रहेको छ ।

कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने सङ्क्रमणका कारण स्वास्थ्यकर्मीको निगरानीमा रहेर उपचार गराइरहेका व्यक्तिको सङ्ख्या २९ हजार ४९३ रहेको छ ।

महाराष्ट्रमा सबैभन्दा धेरै १२ हजार ९७४ जना सङ्क्रमित रहेका छन् । त्यस्तै गुजरातमा पाँच हजार ४२८, दिल्लीमा चार हजार ५४९, तामिलनाडुमा तीन हजार २३, मध्यप्रदेशमा दुई हजार ९४२, राजस्थानमा दुई हजार ८८६, उत्तर प्रदेशमा दुई हजार ७४२, आन्ध्रप्रदेशमा एक हजार ६५०, पञ्जावमा एक हजार १०२ र तेलङ्गनामा एक हजार ८२ व्यक्ति सङ्क्रमित रहेका छन् ।

पश्चिम बङ्गालमा ९६३, जम्मु–काश्मिरमा ७०१, कर्नाटकमा ६४२, बिहारमा ५१७, केरलामा ५००, हरियाणामा ४४२, उडिसामा १६३, झारखण्डमा ११५, चण्डिगढमा ९४ र उत्तराखण्डमा ६० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड–१९ सङ्क्रमित मृतकमध्ये सबैभन्दा बढी महाराष्ट्रमा ५४८ रहेका छन् । गुजरातमा २९०, मध्यप्रदेशमा १६५, राजस्थानमा ७१, दिल्लीमा ६४ र उत्तर प्रदेशमा ४५ व्यक्तिको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा ३६, पश्चिम बङ्गालमा ३५ र तामिलनाडुमा ३० जनाको मृत्यु भएको छ । अन्य प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३० भन्दा कम रहेको छ ।

विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण सोमबारसम्ममा सङ्क्रमितको सङ्ख्या ३६ लाख ४४ हजार रहेको छ भने दुई लाख ५२ हजार ३५७ सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११ लाख ९४ हजार ८२६ रहेको छ ।रासस

Logo