नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोरोनाका कम्तीमा पनि २०० जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका बताइएको छ । दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीमा मात्र २०० जना स्वास्थ्यकर्मी कोरोनाको संक्रमण भएका बताए ।

उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले यहाँ ३ हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।

उनले दिएको जानकारी अनुसार कोरोना उपचारका लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण बढी देखिएको छ । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालमा मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।

दिल्लीमा मात्र ३ हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार मंगलबार मात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । नयाँ दिल्लीमा गएको १३ दिनमा संक्रमितको संख्या दोब्बर हुन पुगेको छ । रासस/एएनआई

Skip This
Skip This
Logo