फिलिपिन्समा ३४२ चिनियाँ जुवाडे पक्राउ

फिलिपिन्समा ३४२ चिनियाँ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

मनिला,

फिलिपिन्समा अनुमति विना जुवातास खेलेका ३ सय ४२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

फिलिपिन्सको प्रहरीले छापा मार्ने क्रममा शुक्रबार उनीहरुलाई पक्राउ गरेको जनाएको छ । फिलिपिन्स पछिल्लो समय अवैध आप्रवासन र सट्टेबाज उद्योगको रुपमा विकास हुँदै गरेको भन्दै प्रहरीले सक्रियता बढाएको छ ।

पछिल्लो समय फिलिपिन्सका विभिन्न सहरमा ठूला आपराधिक घटना समेत बढ्न थालेको स्थानीय मिडियाहरुले जनाएका छन् ।
एजेन्सी

Logo