अपराध नियन्त्रणमा संसारकै ठूलो प्रविधि बनाउँदै भारत

अपराध नियन्त्रणमा संसारकै ठूलो प्रविधि बनाउँदै भारत

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली,

भारतले संसारकै सबैभन्दा ठूलो अनुहार पहिचान प्रणाली बनाउने तयारी गरेको छ । शंकास्पद व्यक्तिको अनुहार चिन्न जसको प्रयोग गरिन्छ । भारतले नयाँ प्रणालीको विकास गरेको कुरा अन्तर्राष्ट्रिय मिडियामार्फत सार्वजनिक गरेको हो ।

सामान्यतः आपराधिक गतिविधि गरी फरार हुने व्यक्तिको खोजी गर्न यसको प्रयोग हुन्छ । साथै सूचना संकलन तथा पुष्टिका लागि यस्तो प्रणाली आधुनिक प्रविधि मानिन्छ ।

उक्त प्रणाली विकास गर्न भारतले अन्तर्राष्ट्रिय ‘आईटी’ कम्पनीसँग आग्रह गरेको छ । संसारका जुनसुकै आईटी कम्पनीले यसका लागि नयाँदिल्लीस्थित राष्ट्रिय अपराध तथ्यांक विभागमा आफ्नो प्रस्तावना पठाउन सक्नेछन् ।
एजेन्सी

Skip This
Skip This
Logo