टिकटक नबेचे प्रतिबन्ध लगाउन अमेरिकाले पास गर्‍यो विधेयक, चीनले दियाे चेतावनी [भिडियाे]

टिकटक नबेचे प्रतिबन्ध लगाउन अमेरिकाले पास गर्‍यो विधेयक, चीनले दियाे चेतावनी [भिडियाे]

केन्द्रबिन्दु
196
Shares

अमेरिकामा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ। अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभ्सले बुधबार एउटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ जसले अमेरिकामा टिकटक बन्द गराउन सक्छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदी टिकटकका चीनियाँ मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको हो ।

टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथी खतरा देखिएको छ, जसका कारण अमेरिका यसमा निकै चिन्तित रहेको छ। सो बिधेयक बहुमतले पारित भएसँगै अब सिनेटमा पठाइने भएको छ।

प्रतिबन्धको पक्षमा रहेको अमेरिकन सांसदहरूले बाइटड्यान्स चिनियाँ सरकारको नजरमा रहेको दाबी गरिरहेको छन, जसले अमेरिकामा टिकटकका उपभोक्ताहरूको डाटामा पहुँचमा पुग्ने र त्यसले सुरक्षा खतरा बढाउनेछ। उनीहरूका अनुसार चिनियाँ राष्ट्रिय सुरक्षा कानूनको सेटबाट उत्पन्न हुन्छ, जसले संगठनहरूलाई गुप्तचर भेलामा सहयोग गर्ने छ।

सन् २०१२ मा स्थापित चिनियाँ कम्पनी बाइटड्यान्सको स्वामित्वमा टिकटक छ। १५० मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू भएको रहेको लोकप्रिय एप टिकटक चिनियाँ प्रविधि फर्म ‘बाइट डान्स लिमिटेड’को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।

बेइजिङमा अवस्थित उक्त कम्पनी केम्यान टापुमा दर्ता भएको छ जसका कार्यालय युरोप र अमेरिकाभरि रहेका छन्। उक्त विधेयकलाई सिनेटले पनि पारित गर्नासाथ आफूले अविलम्ब त्यसमा हस्ताक्षर गर्ने राष्ट्रपति जो बाइडनले प्रतिबद्धता जनाएका छन्। आउँदो नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुन लाागेको सन्दर्भमा टिकटक मात्र नभई सबै सामाजिक सञ्जालमा राजनीतिक निगरानी बढ्ने अपेक्षा गरिएको छ।
तर, तल्लो सदनमा मतदान हुनुअघि टिकटक प्रयोगकर्ताहरूले क्यापिटल हिलमा जुलुस निकालेका थिए ।

यता बाइटड्यान्सले बाध्यतामक रूपमा स्वामित्व बेच्न अथवा कम्पनी बन्द गर्नका लागि चिनियाँ सरकारको अनुमति लिनुपर्ने हुन्छ जुन कदमलाई रोक्ने बेइजिङले बताउने गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले टिकटक बन्द गराउने कदम “अमेरिकाका लागि प्रत्युत्पादक हुने” चेतावनी दिइसकेका छन्। यसले अमेरिका र चीनबीचको बढ्दो कूटनीतिक तिक्ततालाई झन् सघाउने पुग्ने देखिन्छ ।

Logo