चीनमा शक्तिशाली आँधी, दश हजार प्रभावित

चीनमा शक्तिशाली आँधी, दश हजार प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चीनमा आएको आँधीमा झन्डै दश हजार जना प्रभावित भएका छन् । देशको उत्तरी लिओनिङ प्रान्तमा आएको आँधीका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका हुन् । आँधीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ, १९० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय कैयुना सहरमा स्थानीय समय अनुसार बुधबार बेलुका प्रतिसेकेन्ड २३ किलोमिटरको गतिमा आँधी आएको थियो । प्रभावित क्षेत्रमा प्रहरी, अग्नि नियन्त्रक, स्वास्थ्यकर्मी लगायत विभिन्न क्षेत्रका गरी आठ सयभन्दा बढी उद्धारकर्मी खटिएका छन् ।

घटनास्थलमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । उद्धारकर्मी विभिन्न दशवटा समूह बनाएर खटिएको र उनीहरूले प्रभावित क्षेत्रमा मान्छेको खोजी तथा उद्धार गर्नुका साथै घाइतेको उपचार गर्ने, विद्युत् लाइन जोड्ने, सडक खुलाउने लगायत काम गरिरहेका छन् ।

आँधीले धेरै ठाउँमा सडक, विद्युत लगायत सेवा अवरुद्ध बनाएको छ । आँधीका कारण औद्योगिक क्षेत्रमा रहेका एक दर्जनभन्दा बढी कारखाना भवन क्षतिग्रस्त भएका छन् । आँधीबाट ४३ सय घर भत्किएका छन् भने एक सय हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाली नष्ट भएको अधिकारीले जनाएका छन् ।
एजेन्सी

Logo