काठमाडौं,
दुबईका अर्बपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैन देश छाडेर भागेकी छिन् । उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला (११ वर्षका) र जायेद (७) लिएर भागेको समाचारले जनाएको छ ।
समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छिन् । उनी जोर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । हया दुबईबाट भाग्नु अघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन (तलाक) मागेकी थिइन् ।
अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाइएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ । यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् ।
एजेन्सी





























प्रतिक्रिया