चीन र अमेरिका व्यापार वार्ताको लागि सहमत

चीन र अमेरिका व्यापार वार्ताको लागि सहमत

केन्द्रबिन्दु
0
Shares

ओसाका,

अमेरिका र चीन व्यापार सम्झौताका लागि तयार भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच शनिबार जापानमा भएको वार्तापछि यस्तो संकेत आएको हो ।

अमेरिकाले चिनियाँ सामानमा बढाएको कर फुकुवा साथै व्यापार युद्ध रोक्ने ट्रम्प र सिबीच सहमति भएको बताइएको छ । एकअर्काको सामानमा कर बढाउँदै केही वर्षदेखि व्यापारिक तनाब बढाउँदै आएका दुई शक्तिशाली मुलुकको यो सम्झौतासँगै व्यापार सुचारु हुने अपेक्षा गरिएको छ ।

सि जिनपिङसँग ८० मिनेटको वार्तापछि ट्रम्पले मिडियासँग कुरा गर्दै आफूहरु पहिलेकै अवस्थामा आएको प्रतिक्रिया दिए । जापानमा ‘जी–२० समिट’को साइडलाइन मिटिङको रुपमा ट्रम्प र सिले भेटवार्ता गरेका हुन् । ट्रम्पले आफूहरु करवृद्धिबाट पछि हट्ने र चीनले फार्म उत्पादन खरिद गर्ने पनि ट्रम्पको भनाइ छ । यदी आफूहरुबीच सम्झौता भए त्यो ऐतिहासिक घटना हुने ट्रम्पले बताएका थिए ।
एजेन्सी

Logo