एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्महरुका अनुसार मोदीलाई केरला गएको बेला ज्यान मार्ने धम्की आएको हो । उनी यहि महिना केरला गएका थिए ।
गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो । खाममा एक पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो । यो विषय अंग्रेजीमा पनि लेखिएको थियो ।
ज्यान मार्ने धम्कीको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको छ भने सुरक्षा सतर्कता बढाइएको छ । भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाउनुका साथै ज्यान मार्ने धम्कीका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको हो ।
प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कीपछि सुरक्षा व्यवस्था मजबुद बनाउनुका साथै कसले पत्र लेखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।





























प्रतिक्रिया