नाइजेरियामा आत्मघाती हमला : कम्तिमा ३० मारिए

नाइजेरियामा आत्मघाती हमला : कम्तिमा ३० मारिए

केन्द्रबिन्दु
0
Shares

नाइजेरिया,

नाइजेरियामा तीनवटा श्रृंखलावद्ध आत्मघाती बम हमला हुँदा कम्तिमा ३० जना मारिएका छन् । उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई यस वर्षकै सर्वाधिक क्षति भएको आत्मघाती हमला मानिएको छ ।

बोर्नो राज्यबाट २५ किलोमिटर दूरीमा पर्ने कोन्दुगास्थित एक हलमा फुटबलका दर्शकले म्याच हेरिरहेको बेला बाहिर आक्रमण भएको थियो । जहाँ ३० जना मारिए ।

यस क्रममा ४० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार रातको ९ बजे हमला भएको थियो । घटनाको जिम्मेवारी कसैले नलिए पनि हतियारधारी समूह बोको हरामले आक्रमण गरेको हुनसक्ने आशंका छ ।
एजेन्सी

Logo