प्रयांक गर्ने युटुबरलाई १५ महिनाको जेल सजाय

प्रयांक गर्ने युटुबरलाई १५ महिनाको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

प्रयांक भिडियो बनाउने सोचमा हुनुहुन्छ ? सावधान !

यस्तै भिडियो बनाउने एक जना युटुबरलाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो घटना स्पेनको हो ।

स्पेनिस ब्लगर कान्घ रेनले नैतिकताको उल्लंघन गर्दै सन् २०१७ मा घरविहीन व्यक्तिमाथि प्रा‌ंन्क गरेका थिए । बार्सिलोनास्थित अदालतले ब्लगर रेनको युट्युब च्यानल पूर्णरुप बन्द गर्न आदेश दिँदै आगामी सन् २०२४ सम्म कुनै पनि भिडियो पोस्ट गर्न नपाउने निर्णय सुनाएको छ ।

यस्तै गरी पीडित व्यक्तिलाई २० हजार युरो क्षतिपूर्ति तिर्नुपर्ने पनि अदालतले आदेश दिएको छ । रेनले भिडियोमा मजाक गरेका घरविहीन ति व्यक्तिको पनि पहिचान खुलेको छ । ति व्यक्ति रोमानियन जर्ज एल रहेको र बार्सिलोना आउनु अघि उनी गोठालोको काम गर्ने गरेको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका चन् ।

उनले घरविहीन व्यक्तिलाई बिस्कुटमा दन्तमन्जन राखेर खान दिएर झुक्याएका थिए ।

Logo