कान्स फेस्टिभलमा प्रियंकाको जबरजस्त लुक्स (तस्बिरसहित)

कान्स फेस्टिभलमा प्रियंकाको जबरजस्त लुक्स (तस्बिरसहित)


विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भईरहेको छ । मे १४ देखि सुरु भएको कान्स फिल्म फेस्टिभल २०१९, २५ मे सम्म चल्नेछ ।

७२ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बलिउड र हलिउडका कलाकारहरुले आफ्नो सहभागिता जनाईरहेका छन् । फ्रान्समा जारी फेस्टिभलमा पहिलो पटक नेपालले सहभागिता जनाउने मौका पाएको छ । नेपालको तर्फबाट नायिका प्रियंका कार्कीे रेड कार्पेट समारोहमा सहभागी भईरहेकी छन् । उनी नेपालबाट सहभागी हुने पहिलो सेलिब्रेटी हुन् ।

फ्रान्स जानु अघि उनले तस्विर पोष्ट गर्दै क्याप्सनमा यस्तो लेखेकी थिइन्, ‘विश्वमाझ नेपालको प्रतिनिधित्व गर्न कान्स फिल्म फेस्टिभल २०१९ ले हामीलाई मौका दिएर नेपाललाई सम्मान गरेको छ । यो एउटा सपना पनि थियो र जुन पुरा हुँदैछ ।’

सिवांगीले डिजाइन गरेको पहिरनमा सजिने प्रियंका कान्समा फिल्म फेस्टिभलमा चारवटा इभेन्टहरुमा सहभागी हुने छिन् । जसमा नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिईने ट्रिव्युट र गाला डिनर रहेको छ ।

कान्स फेस्टिभलको पहिलो दिन उनी गोल्डेन कलरको गाउनमा उर्तिएकी छन् । जसमा उनी एकदमै आकर्षक देखिएकी छिन् । अब उनले थप तीन वटा इभेन्टमा प्रदर्शन गर्नेछिन् ।

Logo