काठमाडौं,
केहीदिन यता भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ , प्रधानमन्त्री नरेन्द्र मोदीले मेकअप गरिरहेको एक भिडियोले । यहाँ केही मेकअप आर्टिस्ट प्रधानमन्त्री मोदीको वरिपरि देखिन्छन् ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक ८० लाख भारतीय रुपैयाँ खर्च हुने गरेको उल्लेख गरेका छन् । आरटीआइ प्रयोग गरी यो जानकारी प्राप्त गरेको उनीहरुले बताएका छन् । तर वास्तविकता भने फरक छ ।
यो भिडियो सन् २०१६ मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो । म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसैका लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो ।
एजेन्सी































प्रतिक्रिया