काठमाडौं । भारतको लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडि रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ।
अहिलेसम्म एनडीए गठबन्धन २९३ स्थानमा अगाडि छ भने इन्डिया गठबन्धन २३२ स्थानमा अगाडि रहेको छ।
विपक्षी गठबन्धनले सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा ठूलो जित हासिल गर्ने संकेत देखिएको छ। ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि रहेको छ। जबकी २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो। यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडि रहेको छ।





























प्रतिक्रिया