एजेन्सी । सानो बच्चाको खानपान भनेकै दुध हो । सन्तान जन्मिएदेखि ६ महिनासम्म आमाको दुध मात्र खान्छन् । त्यसपछि अन्य खानेकुरा पनि खान थाल्छन् । करिब २ वर्षसम्म बच्चालाई दुध खुवाउनुपर्छ । जुन उमेरमा दुध खानुपर्ने हो त्यो उमेरमा अन्य कुरा खादा के होला ? त्यो पनि कसैले पनि खान नहुने कुरा रक्सी दिईयो भने त के होला ?
त्यो कल्पनाभन्दा बाहिर विषय हुनसक्छ । तर भारतमा एउटा यस्तै कलियुगी बाबु फेला परेका छन् । श्रीमतको निधनपछि पाल्दै आएका ति बाबुले आफ्नो बच्चालाई दुधको बोतलमा रक्सी मिलाएर दिदैं आएका थिए । बिना आमाकी ३ वर्षकी छोरीलाई दुधको बोतलमा रक्सी मिलाएर दिदैं आएका हुन् ।
ति बाबु छोरीलाई धेरै दिनसम्म खाना नदिई भोकै राख्थ्ये । छिमेकीहरुले बच्चालाई सहयोग गर्न आउँदा पनि गाली गथ्र्ये । छिमेकीहरुको सहयोगमा ३ वर्षकी छोरीलाई दिल्ली महिला आयोगले उद्दार गरेको छ ।
प्रेमनगरमा बसोबास गर्दै आएका ति बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोरीलाई अस्प्ताल भर्ना गरिएको छ । लामो समयदेखि ननुहाउँदा उनको शरिरभर संक्रमण फैलिएको छ । ति बाबुले एक वर्षदेखि छोरीलाई यस्तो हर्कत गर्दै आएका थिए ।





























प्रतिक्रिया