अमेजन कम्पनीका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद गरेपछि मक्केन्जी बेजोस विश्वकी तेस्री धनी महिला बनेकी छन्।
धनी महिलाको सूचीमा लोरिआल ब्रान्डकी उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्स पहिलो स्थानमा छिन् भने दोस्रो स्थानमा वालमार्टको संस्थापककी छोरी एलिस वाल्टन छिन्।
मक्केन्जी ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ती लिएर सम्बन्ध बिच्छेद गरेकी थिइन्। मक्केन्जी बेजोससँग एमेजन कम्पनीमा चार प्रतिशत हिस्सा हुनेछ। अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ।
उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो। यो अहिलेसम्म पारपाचुकेका लागि गरिएको सबैभन्दा महँगो सहमति हो। यसअघि सबैभन्दा महँगो पारपाचुके कलाव्यापारी एलेक विन्डेन्स्टेन र उनकी पत्नी जोस्लिनबीच भएको ३.८ बिलियन डलरको (लगभग चार खर्ब २० अर्ब नेपाली रुपैयाँ) थियो।
सफल लेखिका ४८ वर्षीय मक्केन्जी सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन् ।





























प्रतिक्रिया