निकसँग डिर्भोस हुन लागेको भन्नेलाई प्रियंकाको यस्तो जवाफ

निकसँग डिर्भोस हुन लागेको भन्नेलाई प्रियंकाको यस्तो जवाफ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति अमेरिकी पप गायक निक जोनबीच विवाद सुरु भएको कुरा एकाएक भाईरल नै बन्यो । विशेषगरी भारतीय सञ्चारमाध्यमहरुले विवाह भएको ४ महिनामै दुवै जनाबीच खटपट सुरु भएको जनाए । त्यसपछि त्यसको असर नेपाली मिडियामा पनि पर्‍यो ।

गत डिसेम्बरमा विवाह गरेका उनीहरु गत साता मात्रै सप्ताहन्त मनाउन मियामी पुगेका थिए । त्यहा उनीहरु दुवै जनाले आ आफ्नो फोटोहरु सेयर गरेपछि मनमुटाव भएको हो की भन्ने कुरालाई थप बल पुगेको थियो ।

उनीहरु दुवैजना डिर्भोस गर्ने मनसायमा नै पुगेको जनाईएको थियो । तर प्रियंकाले फेरि सबैलाई झट्का दिएकी छन् । जुन तस्बिर नहालेर मनमुटाव भएको हुनसक्ने अडकलबाजी गर्दै आएका भारतीय मिडियालाई उनले मात खुवाएकी हुन् । उनले सामाजिक सञ्जालमा परिवारसँगको फोटो पोष्ट गरेकी छन् ।

जब अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गर्यो खबर बिस्तारै फैलियो तर खबरलाई खण्डन गर्दै प्रियंकाले शोसल मिडियामा पारिवारिक तस्वीरहरु शेयर गरेर खवर सत्य नभएको संकेत गरेकी छिन् ।

प्र‍ियंकाले आइतबार न‍िक जोनस र उनको परिवारसँग रहेको फोटोहरू शेयर गरेकी हुन् । जुन फोटोलाई हेरेर प्रियंका आफ्नो परिवारसँग खुसी रहेकी देखिएकी छिन् । तस्वीरमा प्रियंकाको साथमा निकका दाजुभाई र उनको सासु ससुरा देखिएका छन् । प्रियंकाको यस तस्वीरलाई उनीहरुबिच फैलिएको अफवाहको जवाफ मानिएको छ ।

बिहे भएको ४ महिनामै प्रियंका र निक सम्बन्ध विच्छेदको तयारी !

Logo