पहिलो शिशु जन्मिएको १ महिना नपुग्दै जुम्ल्याहा शिशु !

पहिलो शिशु जन्मिएको १ महिना नपुग्दै जुम्ल्याहा शिशु !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बंगलादेशमा २० वर्षीया एक महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मिएको समयमा चिकित्सकले उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा नपाएको बताएका छन् ।

आरिफा सुल्ताना इती नाम गरेकी युवतीले शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चा जुन्माएकी हुन् । २६ दिन अघि उनले सामान्य रुपमा एक सन्तान जन्माएकी थिइन् । पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएको बीबीसी हिन्दीमा समाचार छ ।

अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ । उनको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छिन्,ु हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन । २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भयो।

त्यतिबेला चिकित्सकले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन् । पछि उनी अस्पताल जाँदा चिकित्सकले अल्ट्रासोनेग्राफी टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए ।

उनले पहिलो सन्तानलाई पहिलो पाठेघरबाट र जुम्ल्याहा शिशु दोस्रो पाठेघरबाट जन्म दिएकी हुन् । यस्तो घटना निकै दुलर्भ रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले डिस्चार्ज भएका छन् ।
एएफपी

Logo