चुनावको बेला मोदीको फूर्ति, ‘भारत अन्तरिक्षमा महाशक्ति राष्ट्र बन्यो’

चुनावको बेला मोदीको फूर्ति, ‘भारत अन्तरिक्षमा महाशक्ति राष्ट्र बन्यो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्षमा महाशक्ति राष्ट्र बनेको घोषणा गरेका छन् । देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका हुन् । उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दावी गरे ।

सम्वोधनमा मोदीले भने, ‘केही समय अगाडि मात्रै भारतले एउटा अभूतपूर्व उपलब्धी हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्‍यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धी हासिल गरेका छन् र अब भारत यसमा थपिएको छ ।’

मोदीले भारतीय वैज्ञानिकहरुले लो अर्थ अर्विटमा एन्टी स्याटेलाइट हतियार ए-स्याट स्याटेलाइट स्थापित गर्न सफल रहेको बताए। यस्तै उनले ए-स्याट स्याटेलाइटले अन्तरिक्षमा रहेको एक लाइभ स्याटेलाइटलाई ध्वस्त गरेको दाबी गरे। तर, मोदीले कसको स्याटेलाइट ध्वस्त गरेका हुन् भन्नेबारे केही बताएनन्।

‘मिसन शक्ति’ नाम दिइएको सो अभियानबाट भारतवासीले गर्व गर्नुपर्ने बताउँदै उनले भारतको स्याटेलाइट प्रयोग गरिरहेका सबैलाई फाइदा पुग्ने दाबी गरे । सम्बोधनका क्रममा मोदीले यो मिसाइल कसैको विरुद्ध नभएको बताउँदै विकासको पथमा अग्रसर भारतको नविनतम उपलब्धी भएको बताए।

चुनावका दिनहरु नजिकिँदै गर्दा मोदीले केही शक्तिशाली घोषणा गर्ने आंकलन बीच अन्तरिक्षमा पाएको उपलब्धीको बयानलाई विपक्षीहरुले भने ‘हात्ती आयो हात्ती आयो फुस्स’ को संज्ञा दिएका छन्। उनीहरुले चुनाव आफ्नो पक्षमा पार्नलाई यस्ता खाले फूर्तिहरु लगाउँदैं आएको बताए ।

Logo