काठमाडौं । अफ्रिकाका मोजाम्बिकलगायत देशहरू समुद्री आँधीबाट १ हजार भन्द्या बढीको ज्यान गएको छ । भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको हो । त्यस्तै जिम्बाब्बे, मलाबी पनि त्यसको प्रभाव परेको हो ।

मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् । आफूले भ्रमणका क्रममा पानीमा तैरिरहेका शवहरू देखेको उनले बताए ।
बिहीबार ठूलो वर्षापछि प्रतिघण्टा १७७ किलोमिटरको बेगमा आँधी आएको थियो । बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ । जिम्बाब्बे, मलाबी पनि प्रभावित भएको छ ।

आँधीले अफ्रिकाका दक्षिणी भेगमा मात्रै १८० जनाको मृत्यु भएको छ । जिम्बाब्बेमा ९८ जनाको ज्यान गएको र २१७ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Photo: Denis Onyodi / AP





























प्रतिक्रिया