आँधीका कारण ३१ जनाको मृत्यु, कैयौँ बेपत्ता

आँधीका कारण ३१ जनाको मृत्यु, कैयौँ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

जिम्बाब्वे

जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको यहाँका अधिकारीले जनाएका छन् ।

मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण अझै पनि ७१ व्यक्ति हराइरेहका छन् ।

आँधीका कारण हजारौँ व्यक्ति प्रभावित भएका र प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ ।

पछिल्लो जानकारी अनुसार ३१ जनाको मृत्यु हुनुको साथै ७१ वेपत्ता रहेका छन् । आँधी र आँधीपछि आएको बाढीका कारण २५ घर निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ ।

बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको छ । सीमा क्षेत्रमा रहेको एक विद्यालयबाट सेना र उद्दारकर्ताले गरेको उद्दारमा करिब दुई सय विद्यार्थीको उद्वार गरिएको बताइएको छ ।
रासस/एएफपी

Logo