अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल

अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो ।

फेस्टिभलका लागि अष्ट्रेलियाका विभिन्न सहरहरूबाट नेपाली समूदाय भेला भए । नेपाललगायत अन्य देशहरूबाट पनि प्रतिनिधिहरू पर्थमा भेला भएका थिए ।
नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवं प्रचारप्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित सुरु भएको फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रम तय गरिएको छ ।

फेस्टिभलमा विभिन्न जातजातिको पोशाकसहित संस्कृति झल्काउने नाचहरू प्रदर्शन गरियो । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन् ।

Skip This
Skip This
Logo