वासिङ्टन । पूर्वअमेरिकी राष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास असफल भएको छ । पेन्सिलभेनियाको र्यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि अर्को घटना भएको हो । त्यति वेला उनको कानमा मात्र चोट लागेको थियो ।
फ्लोरिडा गोल्फ कोर्समा भएको यो पछिल्लो हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेको बताइएको छ । अमेरिकी अधिकारीहरूका अनुसार सिक्रेट सर्भिस एजेन्टहरूले झाडीहरूबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेका थिए ।
एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए । घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ ।





























प्रतिक्रिया