फ्रान्समा फ्लुको प्रकोपबाट २८०० को मृत्यु

फ्रान्समा फ्लुको प्रकोपबाट २८०० को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फ्रान्समा फ्लूका कारण २ हजार ८ सय जनाको मृत्यु भएको छ । चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा मात्रै २८ सयको मृत्यु भएको हो ।

फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिक ७५ वर्षमाथिका वृद्धबृद्धाहरु रहेका छन् ।

फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको छ । अझै दुई हजार १३७ जनाको उपचार भईरहेको छ ।

फ्रान्समा अघिल्लो हप्ता सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटू’ को सङ्क्रमण देखिएको थियो ।

Logo