एजेन्सी । भारतले पाकिस्तानबाट आयत हुने सामानमा २ सय प्रतिशत कर लगाउने निर्णय गरेको छ । भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा भएको चरमपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारतले पाकिस्तानमाथि कडा प्रहार गर्दै आएको छ ।
पाकिस्तानले उक्त हमलामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएपनि भारतले विभिन्न खाले एक्सनहरु लिईरहेको छ ।
घटना लगत्तै पाकिस्तानलाई मोस्ट फेवर्ड नेशन्सको दर्जाबाट हटाएको भारतले पाकिस्तानबाट आयत हुने सामानमा लाग्दै आएको कर तत्काल लागु हुने गरी २०० प्रतिशतले बनाउने निर्णय गरेको हो ।
वित्त मन्त्री अरुण जेट्लीले तत्काल लागु हुने गरी पाकिस्तानबाट भारत आयत हुने सबै सामानमा लाग्दै आएको कर बढाउने निर्णय भएको जानकारी दिए ।































प्रतिक्रिया