‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको युक्रेनी जेलेन्स्कीकाे दाबी

‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको युक्रेनी जेलेन्स्कीकाे दाबी

केन्द्रबिन्दु
36
Shares

किएभ, युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् ।

उनले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हाल्ने बित्तिकै यो द्वन्द्व पहिले भन्दा छिट्टै अन्त्य हुने बताएका हुन् ।

युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ । यो धेरै महत्त्वपूर्ण छ ।”

रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताएका छन् । जेलेन्स्कीले भने, “रूसीहरु के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ ।”

रूसतर्फ सङ्केत गर्दै उनले भने, “हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौँ कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरणहरू छन्, जसले कति मानिसहरू मर्छन् भन्ने कुराको वास्ता गर्दैन ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन् । क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त माग दोहोर्याएको जनाएको छ । -एएफपी

Skip This
Skip This
Logo