एजेन्सी । पाकिस्तानमा पहिलो पटक हिन्दु महिलालाई नागरिक न्यायाधीशमा नियुक्त गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तको शहदादकोट जिल्लाकी सुमन बोदानी पहिलो सिभिल जज नियुक्त भएकी हुन् ।
उनी पाकिस्तानमा सिभिल जज बन्ने पहिलो हिन्दु महिला हुन् । मुस्लिम देश पाकिस्तानमा हिन्दुहरुलाई एकदमै दमन गरेर राखिएको छ । त्यसमा पनि महिलाहरुलाई सिमित अधिकार मात्रै दिईएको पाईन्छ ।
जुडिशियल सेवाको परीक्षामा पास भएपछि उनलाई सिभिल जज तथा न्यायिक मजिस्ट्रेटको पदमा नियुक्त गरिएको हो । शहदादकोट सिन्ध तथा बलूचिस्थानको सीमा क्षेत्रमा रहेको एक पिछडिएको शहर हो । २०१० मा उक्त क्षेत्रमा आएको बाढीका कारण निकै क्षती पुगेको थियो ।































प्रतिक्रिया