भुटानी राजा नेपाल आउँदै

भुटानी राजा नेपाल आउँदै

केन्द्रबिन्दु
93
Shares

काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा अ‍ोली चीन भ्रमणमा रहेका बेला भुटानी राजा भारत भ्रमणमा गइरहेका हुन् ।

उनी नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । तर उनको नेपालमा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम भने छैन ।

उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको छ । भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ ।

Logo