अमेरिकाले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्ने

अमेरिकाले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्री गर्ने

केन्द्रबिन्दु
27
Shares

वाशिङ्गटन डिसी । अमेरिकी विदेश विभागले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्रीलाई अनुमोदन गर्ने आफ्नो योजनाको बारेमा शुक्रबार काङ्ग्रेसलाई जानकारी गराएको छ ।

दुईवटा काङ्ग्रेस कमिटीमा पठाइएको सूचना अनुसार प्रस्तावित बिक्रीमा बम, लडाकु विमान, मिसाइल तथा जीपीएस निर्देशन प्रणाली समावेश छ ।

यद्यपि, एक अमेरिकी अधिकारीले शनिबार भने,“ यदि काङ्ग्रेसले अन्तिम स्वीकृति दिए भने हतियार सहित केही युद्धक सामग्री यो वर्षको डेलिभर गर्न सकिन्छ ।” यो प्याकेजले राष्ट्रपति जो बिडेनको प्रशासनमा इजरायललाई अन्तिम हतियार बिक्री चिह्न लगाउन सक्छ ।

यसैबीच, इजरायली सेनाले शनिबार गाजापट्टीमा ३० अलग–अलग आक्रमणहरूमा कम्तिमा ७० प्यालेस्टाइनीलाई मारेको छ । साथै, इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा बन्दी बनाएकाहरूलाई फिर्ता गराउन सम्बन्धित पक्षहरूसँग वार्ता भइरहेको अप्रत्यक्ष रूपमा बताए ।

बिहीबार, इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई अनुमोदन गरेको घोषणा गरेको थियो ।

Skip This
Skip This
Logo