युक्रेनमा शान्ति आउँछ भने तुरुन्तै राजनीनामा दिन तयार छु : राष्ट्रपति जेलेन्स्की

युक्रेनमा शान्ति आउँछ भने तुरुन्तै राजनीनामा दिन तयार छु : राष्ट्रपति जेलेन्स्की

केन्द्रबिन्दु
141
Shares

काठमाडौँ । रुससँगको युद्ध गर्दै आएको युक्रेनले शान्तीको बाटो अबलम्बन गर्न खोजेको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति हुन्छ भने पद छोड्न तयार रहेको बताएका छन् । किभमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले युक्रेनले नेटोको सदस्यता पाउछ र देशमा शान्ति आउछ भने आफु पद छोड्न तयार रहेको बताएका हुन् ।

उनले भने ‘यदि युक्रेनमा शान्ति हुन्छ र यदि तपाईं साँच्चै मलाई पद त्याग गर्न भन्नुहुन्छ भने, म तयार छु । म यो नाटोको लागि पनि गर्न सक्छु ।’ उनले आवश्यक परेमा तुरुन्तै राजीनामा दिने पनि बताए ।

युक्रेनमा रुसको आक्रमणको तीन वर्ष पूरा भएको अवसरमा, जेलेन्स्कीले किभमा सरकारी अधिकारीहरूको एक मञ्चमा नेटो सैन्य गठबन्धनको संरक्षणमा आफ्नो देशमा स्थायी शान्ति आउँछ भने पद त्याग गर्न तयार रहेको स्पष्ट गरेका छन् ।

जेलेन्स्कीको यो बयान यस्तो समयमा आएको हो, जब यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन बार्तापछि ट्रम्पले उनलाई विभिन्न आरोप लगाउदै व्यक्तिगत हमला समेत गरिरहेका छन् । ट्रम्प र पुटिन दुवैले युक्रेनमा चुनाव गराउनुपर्नेमा जोड दिन थालेको बेला जेलेन्स्कीले पद छोड्ने कुरा गर्नुलाई अर्थपूर्ण रुपमा हरिएको छ ।

यसअघि रूसले शनिबार राति मात्र युक्रेनमा अहिलेसम्म सम्मकै धेरै २६७ ड्रोनहरूले आक्रमण गरेको थियो । युक्रेनी वायुसेनाले १३ युक्रेनी क्षेत्रमा १३८ ड्रोन खसालेको बताएको छ । यस अवधिमा तीनवटा ब्यालिस्टिक मिसाइल पनि प्रहार गरिएको थियो ।

Logo