मुरादाबादमा दुर्घटना हुँदा १० जनाको मृत्यु

मुरादाबादमा दुर्घटना हुँदा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन् । ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मुरादाबाद जाँदै थियो । नानपुर पुलनजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको हो ।

Logo