चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । "/>

रोकेर राखेका कारलाई ट्रकले ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते

रोकेर राखेका कारलाई ट्रकले ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते

केन्द्रबिन्दु
0
Shares

चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक लि फेङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । चिनियाँ टेलिभिजन सीसीटिभीले घटनास्थलबाट लिएको श्रव्यदृष्यमा हिउँ जमेको स्थानमा केही कारहरू पेलिएर काम नलाग्ने अवस्थामा रहेको देखाइएको छ ।
 

Skip This
Skip This
Logo