एजेन्सी । क्यानाडाको संसदले नोबेल पुरस्कार विजेता आङ साङ सूचीलार्इ दिएको मानार्थ नागरिकता फिर्ता लिने निर्णय गरेको छ । रोहिंग्या नरसंहारका विरुद्ध सूचीले कुनै ठोस कदम लिन नसकेको भन्दै उनलार्इ दिइएको नागरिकता फिर्ता लिइएको जनाइएको छ। "/>

आङ साङ सूचीलाई दिएको मानार्थ नागरिकता क्यानाडाले खोस्यो

आङ साङ सूचीलाई दिएको मानार्थ नागरिकता क्यानाडाले खोस्यो

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । क्यानाडाको संसदले नोबेल पुरस्कार विजेता आङ साङ सूचीलार्इ दिएको मानार्थ नागरिकता फिर्ता लिने निर्णय गरेको छ । रोहिंग्या नरसंहारका विरुद्ध सूचीले कुनै ठोस कदम लिन नसकेको भन्दै उनलार्इ दिइएको नागरिकता फिर्ता लिइएको जनाइएको छ।

म्यान्मारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार समेत रहेकी सुची क्यानाडामा मानार्थ नागरिकता पाउने पहिलो व्यक्ति थिइन् । उनलार्इ सन् २००७ मा उक्त उपाधीबाट सम्मानित गरिएको थियो। संसदको तल्लो र माथिल्लो सदनमा भएको मतदानमा दुवै सदनका सांसदहरुको एकमतले उनलार्इ दिइएको नागरिकता फिता लिने प्रस्ताव पारित भएको थियो।

एक महिना अघि संयुक्त राष्ट्रसंघले रोहिंग्या नरसंहार गरेको आरोपमा त्यहाँका सेना प्रमुख लगायत उच्च अधिकारीहरुलार्इ र मानवियता विरुद्धको अपराध र युद्ध अपराधमा मुद्दा चलाउनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो। सूची र सेनाले भने अल्पसंख्यक रोहिंग्या जाति विरुद्ध नभइ रोहिंग्या पृथकतावादीहरु विरुद्ध कारवाही गरेको बताउँदै आएको छ।

सूचीलार्इ सन् १९९१ मा म्यानमारमा प्रजातन्त्र स्थापना गर्न संघर्ष गरेकोमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। तर रोहिंग्या प्रति सूचीको मौनताले उनलार्इ दिइएको नोबेल शान्ति पुरस्कार पनि फिर्ता लिनुपर्ने आवाजहरु उठिरहेका छन्।

 

Logo