काठमाडौं
केन्द्रविन्दु संवाददाता
केही वर्षयता भारत र पाकिस्तान वीचको तनावले सार्क मात्र होइन समग्र क्षेत्रिय वातावरणलाई नै असर गरिरहेको छ । पाकिस्तानमा नयाँ प्रधानमन्त्री आए लगत्तै दुई देशेको विचमा सम्वन्ध सुधार हुन्छ कि भन्ने धेरैको आशा थियो । तर यो आशा अव निराशामा परिणत भएको छ । यतिसम्म कि एक अर्कालाई आरोप प्रत्यारोप गर्न दुवै देशले अन्तराष्ट्रिय फोरमहरु समेत प्रयोग गर्न थालेका छन् ।
राष्ट्रसंघको महासभालाई सम्वोधन गदै भारतिय विदेशमन्त्री सुष्मा स्वराज पाकिस्तानप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएकी छिन् । उनले भनिन,‘ पाकिस्तानले आतंकवादलाई प्रश्रय दिने कार्यमा मात्र विज्ञता हासिल गरेको छैन्, कि ढाँट र शब्दको आक्रमणमा समेत विज्ञता हासिल गर्न थालेको छ ।’ उनले छिमेकले नै आतंकवादलाई वढाव दिएको र त्यसबाट भारत पिडित भएको समेत वताइन् ।
‘हामीलाई वार्ता भाँडेको आरोप लगाइएको छ, त्यो सम्पूर्ण रुपमा नै झुट हो । यस अगाडी धेरैपटक वार्ता भएपनि भारतको कारणले नै भाँडिएको छ ।’ हिजो मात्रै पाकिस्तानका विदेशमन्त्रीले भारतले सार्क सम्मेलन गराउन नचाहेको र वार्ता समेत गर्न नचाहेको वताएका थिए । यस अघि राष्ट्रसंघको साइड लाइन वार्तामा दुई देशका विदेशमन्त्रीहरुको विचमा वार्ता गर्ने सहमति भएपनि अन्तिम समयमा आएर भाँडिएको थियो । केही दिन अघि मात्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता चाहेको भन्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए । सन् २०१५ देखि अहिलेसम्म दुई देशको विचमा वार्ता भएको छैन ।





























प्रतिक्रिया