थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित

केन्द्रबिन्दु
192
Shares

काठमाडाैं । थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्रा पदबाट निलम्बित भएकी छन् । कम्बोडियाका पूर्ववरिष्ठ नेतासँगको उनको एउटा लिक भएकाे फोन कललाई लिएर नैतिकतासम्बन्धी छानबिन चलिरहेकोले उनलाई निलम्बन गरिएकाे हाे ।

३८ वर्षीया पेतोङतार्नले १० महिनाअघि मात्रै आफ्ना पूर्ववर्तीलाई हटाइएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनको निलम्बनले दक्षिणपूर्वी एसियाली यस देशमा थप अनिश्चितता सिर्जना गरेको छ, जुन वर्षौंदेखि राजनीतिक उथलपुथल र नेतृत्व परिवर्तनले ग्रसित छ।

थाइल्याण्डको संवैधानिक अदालतले ३६ सिनेटरहरूको समूहले दायर गरेको निवेदन स्वीकार गरेको छ । उक्त निवेदनमा पेतोङतार्नले लिक कलमा नैतिक मापदण्ड उल्लङ्घन गरी संविधानको अवहेलना गरेको आरोप लगाइएको थियो। उक्त कल भएकाे दुवै पक्षले पुष्टि गरेका थिए।

अदालतले नैतिकतासम्बन्धी मुद्दामा फैसला नआएसम्म पेतोङतार्नलाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ।

Skip This
Skip This
Logo