कोल्डप्लेको कन्सर्टमा सीईओ र सहकर्मी अँगालोमा बेरिएकाे देखिएपछि…

कोल्डप्लेको कन्सर्टमा सीईओ र सहकर्मी अँगालोमा बेरिएकाे देखिएपछि…

केन्द्रबिन्दु
39
Shares

म्यासाचुसेट्स । विश्व चर्चित रक ब्याण्ड कोल्डप्लेको हालै अमेरिकी राज्य म्यासाचुसेट्समा भएको कन्सर्टमा देखिएको एउटा घटनाले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

एस्ट्रोनोमर कम्पनीका सीईओ एन्डी बायरन र एचआर प्रमुख क्रिस्टिन क्याबोटलाई कन्सर्टको ठूलो स्क्रिनमा क्यामेराले फोकस गर्दा उनीहरू एकअर्काको अँगालोमा बेरिएका थिए । यो घटनापछि उनीहरूबीच अफेयरको चर्चा चुलिएको हाे ।

भिडियो क्लिपमा कोल्डप्लेका गायक क्रिस मार्टिनले उनीहरूलाई स्पटलाइटमा ल्याएका थिए। जब क्यामेरा उनीहरूमा केन्द्रित भयो, दुवै जना हतारमा छुट्टिए र आफ्नो अनुहार लुकाउने प्रयास गरेका थिए ।

यो क्षण भाइरल भएपछि इन्टरनेट प्रयोगकर्ताहरूले यसमाथि विभिन्न टिप्पणीहरू गर्न थालेका छन्। रिपोर्टहरूका अनुसार, बायरन न्यूयोर्कमा आफ्नी पत्नी मेगन केरिगन बायरनसँग बस्छन्। क्रिस्टिन क्याबोटसँगको उनको यो निकटताले उनी विवाहेतर सम्बन्धमा छन् कि भन्ने प्रश्न खडा गरेको छ।

अहिलेसम्म बायरन वा क्याबोट कसैले पनि यी अफेयरका आरोपहरूलाई सम्बोधन गरेका छैनन्।

बायरन सन् २०२३ देखि न्यूयोर्क शहरमा रहेको डेटा अर्केस्ट्रेसन प्लेटफर्म ‘एस्ट्रोनोमर’का सीईओ हुन्। क्याबोट नौ महिनाअघि मात्रै यस कम्पनीमा सामेल भएकी थिइन्।

Logo