काठमाडाैं । कोल्डप्ले कन्सर्टमा खिचिएको एउटा भाइरल भिडियोका कारण अमेरिकी प्रविधि कम्पनी एस्टोनोमरका सीईओ एन्डी बायरन निलम्बित भएका छन् ।
सीईओ एन्डी बायरन र एचआर प्रमुख क्रिस्टिन क्याबोटलाई कन्सर्टको ठूलो स्क्रिनमा क्यामेराले फोकस गर्दा उनीहरू एकअर्काको अँगालोमा बेरिएका थिए । पछि उनीहरू लुक्न खोजेपछि यो क्लिप इन्टरनेटमा भाइरल बनेको थियो।
शुक्रवार अबेर कम्पनीले सीईओ बायरनलाई निलम्बन गरेकाे पुष्टि गरेकाे हाे ।
इन्टरनेटमा उक्त अङ्गालोको बारेमा हल्ला फैलिएको दुई दिनपछि एस्टोनोमरले यस विषयमा अनुसन्धान सुरु गरेको घोषणा गर्दै एउटा विज्ञप्ति जारी गर्यो, यद्यपि उनीहरूले भिडियोको स्पष्ट रूपमा उल्लेख गरेनन्।
बायरन सन् २०२३ देखि न्यूयोर्क शहरमा रहेको डेटा अर्केस्ट्रेसन प्लेटफर्म ‘एस्ट्रोनोमर’का सीईओ हुन्। क्याबोट नौ महिनाअघि मात्रै यस कम्पनीमा सामेल भएकी थिइन्।





























प्रतिक्रिया