दुबई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र इस्लामिक देशका नेताहरूसँग गाजामा शान्तिका लागि नयाँ योजनाको प्रस्ताव सार्वजनिक गरेका छन् ।
यो योजना संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई दिइएको र यसले इजरायल र मध्यपूर्वका देशहरूको चासोलाई सम्बोधन गर्ने विश्वास लिइएको वासिङ्टनले जनाएको छ।
गाजा क्षेत्र लगभग दुई वर्षको विनाशकारी युद्धबाट प्रायः भग्नावशेषमा परिणत भएको छ यसलाई समाधान गर्न अघि सारिएको भनिएको ट्रम्पको पछिल्लो पहल के हो त ? एएफपीले प्राप्त जानकारी यही समाचारमा प्रस्तुत गरिएको छ ।
योजनामा के छ ? के साच्चै लडाई रोकिएला ?
बैठकबारे जानकार एक कूटनीतिक स्रोतले एएफपीलाई बताए अनुसार योजनाले गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूको रिहाइ र इजरायली सेनाको फिर्ती र मानवीय सहायताको प्रवाहको परिकल्पना गरेको छ।
स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले प्रस्तावको स्वागत गरेका छन् र गाजामा इजरायलको सैन्य कारबाही र क्षेत्र कब्जा गर्ने कुनै पनि प्रयासलाई अन्त्य गर्न पनि आह्वान गरेका छन्।
ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले बुधबार भने, “संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र गाजामा शान्तिका लागि ट्रम्पको २१ बुँदे योजना प्रस्तुत गरेको छ।”
“मलाई लाग्छ यसले इजरायलको चासो र यस क्षेत्रका सबै छिमेकीहरूको चासोलाई सम्बोधन गर्दछ,” उनले महासभाको अवसरमा न्यूयोर्क पुगेका नेताहरूसँग छुट्टै भएको एक शिखर सम्मेलनमा भने ।
अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार ट्रम्पले अरब र मुस्लिम नेताहरूलाई युद्ध तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले जति लामो समयसम्म युद्ध लम्बिन्छ त्यति नै इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने सम्भावना छ बढ्दै जाने चेतावनी दिएको बताइएको छ ।
हमासलाई के हुन्छ ?
कुटनीतिक स्रोतले नाम नबताउने सर्तमा संवेदनशील बैठकबारे छलफल भएको तर यसमा हमासलाई समावेश नगरिएको बताएको छ। स्रोतले भन्यो, “अमेरिकी योजनाले गाजाको लागि नयाँ शासन पहलको प्रस्ताव गरेको छ जसमा हमासलाई समावेश गरिएको छैन।”
सन् २०२३ अक्टोबरमा दक्षिणी इजरायलमा हमासको आक्रमणबाट गाजा युद्ध सुरु भएदेखि इजरायलले प्यालेस्टिनी लडाकुहरूलाई समाप्त गर्ने वाचा गरेको छ र सत्तामा उसको भविष्यको कुनै भूमिका नहुने बताएको छ। अरब र मुस्लिम नेताहरूले बैठकमा प्यालेस्टाइन प्राधिकरणको सुधारलाई कमजोर पार्ने वा गाजा र इजरायलको कब्जामा रहेको वेस्ट बैङ्क दुवैमा शासन गर्ने अधिकारलाई रोक्ने कदमहरूको विरोध गरेको पनि स्रोतले जानकारी गराएको छ ।
एक्सिओसका अनुसार ट्रम्पको योजनामा प्यालेटिनी प्राधिकरणको केही भूमिकाको कल्पना गर्दै क्षेत्रीय राज्यहरूबाट आर्थिक सहयोगमा एक सुरक्षा बलको स्थापना गर्ने जसले प्यालेस्टिनीहरूलाई अरब र मुस्लिम देशका सेनाहरूसँग समन्वय गर्ने, पुनर्निर्माण र गाजामा नयाँ प्रशासनलाई सहयोग गर्नेछ।
अमेरिकी प्रस्तावलाई ट्रम्पका ज्वाइँ जारिड कुश्नर र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले विगत छ महिनामा छलफल गरेका विचारहरू भन्दा भिन्नरूपमा वर्णन गरिएको छ।





























प्रतिक्रिया